नियम ७
शंकास्पद मासुसुरक्षितसाथ राख्ने
(१) मासु निरीक्षणको सिलसिलामा कुनै मासु मानिसको उपभोगका लागि शंकास्पद देखिएमा मासु निरीक्षकले त्यस्तो मासु परीक्षण भई नआएसम्म बिक्री बितरणमा रोक लगाउनेछ ।
(२) वध गरिएको पशुको मासु वा सोको कुनै भाग मानिसको उपभोगका लागि उपयुक्त नदेखिएमा सम्बन्धित पशु वधशाला संचालकले मासु निरीक्षक वा मासु सुपरीवेक्षकको रोहवरमा त्यस्तो मासु तह लगाउनु वा नष्ट गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम शंकास्पद देखिएको मासु परीक्षण भए नआएसम्म त्यस्तो मासु सुरक्षित साथ राख्ने र शंकास्पद देखिएको मासु तत्काल परीक्षण गर्न आवश्यक प्रयोगशाला र उपकरणको व्यवस्था सम्बन्धित पशु वधशालामा नै भएको हुनुपर्नेछ ।